आज विश्व प्रेस स्वतन्त्रता दिवस

२० वैशाख, काठमाडौं । सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।

श्रोतः https://www.onlinekhabar.com/

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

16 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

16 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

16 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

17 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago