Categories: बाल कथा

मातृत्व


एल•बी•बस्नेत
जोरथाङ्ग, द•सिक्किम

आफ्नो मालिकको घरमा भरपेट दूध-भात खाएर पनि मूसा-फटेंग्रा जे-जस्तो भेट्छ, मारी खाने ईच्छा भएपछि एउटी माऊ बिरालो शिकारको खोजीमा बारीको डील-डील घुम्न लाग्यो। केही बेरपछि त्यसले देवलको चेपबाट चाईँ-चाईँ चुईँ-चुईँ गरेको आवाज सुन्यो। त्यो बिस्तारै चाल मारेर आवाज आए ठाउँतिर लम्क्यो अनि देवलको फेदमा रहेको सानो प्वाल अघि घात लगाएर बस्यो। निक्कै बेर ढुक्दा पनि मूसा बाहिर नआएको कारण त्यसले प्वालदेखि भित्र चिहायो। कान्छी औंला भन्दा स-साना बच्चाहरु आमाको दूध चुसिरहेको थियो। त्यो ममतामय दृश्य देखेर माऊ बिरालोले मनमनै सोँच्यो- “मैले यो मूसालाई मारी खाएँ भने यी अबोध बच्चाहरु टुहुरा मात्र होइन, भोकै मर्नेछन्। म पनि त नानीको आमा हूँ। मैले मेरो नानीहरु जोगाउन के-के गरिनँ, तरै पनि ढाड़ेले दुईटा त खाईदियो !! अँह, म यसलाई मारी खाँदिन। मेरो त विकल्प छ। दूध-भात खाएर पनि म बाँच्न सक्छु। तर यसलाई कसले पस्केर दिन्छ???” धेरैबेर सोँचेपछि माऊ बिरालो त्यहाँबाट हिँड्यो अनि दिनभरि गाउँ डुलेर आफ्नो घरतिर लाग्यो। घर पुगी पुच्छर ठाड़ो पारी ‘म्याऊ-म्याऊ’ गरेपछि मालिकनीले “ए भतुइनी, दिनभरि काँ डुलेर आइस् ?” भन्दै दूध-भात दिईन्। पेट टन्न हुने गरी दूध-भात खाएपछि माऊ बिरालो अगेना छेउमा गई डल्लो परी सुत्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

7 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

7 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

1 day ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

1 day ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

1 day ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

1 day ago