Categories: बाल कथा

राम्रो कामको परिणाम


रम्भा पौडेल

जंगलमा एउटा सानो चरा बस्दथ्यो । जसको नाम पिन्टु थियो । पिन्टुका बाबाआमा थिएनन् । उ आफ्नै मिहिनेतले सानो गुँड बनाएर बसेको थियो । उसले वर्षायामका लागि खानेकुरा जम्मा गरेर राख्ने गर्दथ्यो । उसले दिनदिनै थोरैथोरै अन्नका दाना आफ्नो सानो ठुडमा ल्याएर जम्मा गर्दथ्यो । उसले आफ्नो सानो गुँड अन्नले भरेको थियो।
गर्मीको दिन थियो । उ आफनो गुँडमा बसिरहेको थियो । अर्को ठुलो रुखमा एउटा बुढो भँगेरो चरीबसेको देख्यो।
भँगेरो चुपचाप बसिरहेको थियो । पिन्टुलाई देखेर उसले नरम स्वरमा भन्यो— “पिन्टु मलाई ज्यादै भोक लागेको छ। म आज आफ्नो आहारा खोज्न जान सकेको छैन । मलाई अलि सन्चो पनि छैन । तिमीले मलाई केही खानेकुरा दिन सक्छौ ?”
पिन्टुले आफूले जम्मा गरिराखेको अन्नलाई एक पटक हेर्यो । उसलाई आफूले दुःख गरेर जम्मा गरेको अन्न अरुलाई दिन मन लागेन।
उसले पानी पर्ने बेलाका लागि त्यो अन्न राखेको थियो । तर बुढो भँगेरोको कुराले उसको मनमा दया पलायो । त्यत्तिनै बेला उसले आफ्नी आमाले भनेको कुरा झल्यास्स सम्झ्यो । “बाबु —हामी सँग भएको खानेकुरा बाँडेर खानु पर्दछ । अरुलाई आपत पर्दा सहयोग गर्नुपर्दछ । यसो गर्दा हाम्रो जीवनमा खुसी र आनन्द आउँछ । आफुलाई दुःख र आपत पर्दा साथ पनि पाइन्छ।”
उसले बुढो भँगेरोलाई अन्नका दाना खानका लागि दियो । भँगेरो खानेकुरा पाएर खुशी भयो र “तिम्रो जयहोस पिन्टु” भन्यो । अरु चराले त्यो कुरा देखिरहेका थिए । उनीहरूले एकैस्वरमा भने, “स्याबास पिन्टु, तिमी धेरै दयालु रहेछौ। भँगेरो काकालाई सन्चो नभएको बेला सहयोग गर्यौ ।”
अर्काे दिन ठूलो आँधी आयो । पिन्टुले बनाएको गुँड हुरीले उडाइदियो । पिन्टुले राखेको अन्न पनि हुरीले उडायो। पिन्टु बल्लतल्ल बाँच्यो । आँधि सकिएपछि पिन्टु एक्लै हाँगामा बसेको देखेर जंगलका अरु चराहरु आइपुगे । पिन्टुको गुँड भत्केको देखेर सबै मिलेर गुँड बनाइदिए । उनीहरुले खानेकुरा पनि ल्याएर पिन्टुलाई दिए । पिन्टुले मनमनै भन्यो, “मेरी आमाले भनेको कुरा साँचो रहेछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

10 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

10 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago