ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
फेरि गाउनोस् गाइने दाइ
र्याईँर्याइँ पारी गीत !
त्यो गीतमा बसेको छ
सबको मीठो प्रीत
फेरि गाउनोस्….।
सारङ्गीको धुनै मीठो
त्यस्तै मीठो भाका
हिँड्नु हुन्छ गीत गाउँदै
लेकबेँसी पाखा
फेरि गाउनोस्….।
नहराओस् कहिल्यै पनि
सारङ्गीको धुन
त्यस्तो मीठो धुन सुन्न
झर्लान् तारा जून।
फेरि गाउनोस्….।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…