Categories: बाल कथा

“मातृप्रेम”

पं ज्यों.तोयनाथ सुवेदी
ओखल्ढुङ्गा
हाल:हेटौंडा-८,कमाने,मकवानपुर

भक्ति सानो छँदा बहिनी लिंदै आमाले आफूलाई छोडेर हिडिन्। कहाँ गइन् पत्ता भएन। ऊ माइलाबा र ठूलोबा कहाँ दु:खजेलो गरेर हुर्कियो। ऊ बिस्तारै विद्यालय जानथाल्यो। पढ्दै जाँदा विद्यालयइय शिक्षा हाँसिल गर्यो । विदेशिएका बुवा पछि आइपुग्नु भयो।
छोराले बुवाको प्रत्यक्ष विवाह हेर्ने अवसर पायो। समय बित्दै जाँदा ऊ घर छोडेर पढ्नका लागि शहर गयो। शहरमा बस्दै गर्दा आफूलाई जन्मदिने आमा हेटौंडा आएकी छन् भन्ने थाहा भयो। खोज्दै जाने क्रममा बसबाट ऊ बसपार्कमा ओर्लियो।सम्पूर्ण पसल चहार्दै सोध्दै गर्दा चियापसल छ भन्ने कुरा पत्ता लगायो। एक्कासी देखादेख हुँदा उनले आफ्नो छोरालाई चिने पनि नचिने जस्तो गरिन् । उसले भन्यो ‘ तपाईं मेरी आमा हुनुहुन्छ। जन्मदिने आमा! ‘खै दण्डवत गरौँ ।’ ती महिलाले भनिन्, “तिमी को हौ ?” ‘म तपाइँको छोरो भक्ति क्या ‘ । अहँ मेरा त छोरा छोरी नै भएका छैनन् ? बिहा गरेको त एक वर्ष भयो। कहाँ तिमी मलाई के के … भन्छौ ? तपाईंले मलाई नचिने पनि म त तपाईंलाई राम्ररी चिन्छु नि…। मातृवात्सल्य मेटिन्न आमा टाढा भए पनि ..भन्दै ऊ अलप भयो।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

17 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

17 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago