राधा आचार्य
हाम्रा आमाबुबाको हाँसो कति राम्रो
हाँसी हाँसी अह्राएको मान्ने बानी हाम्रो ।
आमाबाले किनेको झोला कति राम्रो
भन्नुहुन्छ ठाउँमै राख मान्ने बानी हाम्रो ।
आमाबाले किनेको किताब कति राम्रो
भन्नुहुन्छ मिलाई राख मान्ने बानी हाम्रो ।
आमाबाले किनेको जुत्ता कति राम्रो
भन्नुहुन्छ र्याकमा राख मान्ने बानी हाम्रो ।
आमाबाले भनेको कुरा कति राम्रो
भन्नुहुन्छ लुगा फेर मान्ने बानी हाम्रो ।
आमाबाले बोलेको बोली कति राम्रो
भन्नुहुन्छ हातगोडा धोऊ मान्ने बानी हाम्रो।
आमाबाले दिएको खाजा कति राम्रो
भन्नुहुन्छ ठिक्क खाऊ मान्ने बानी हाम्रो ।
आमाबाले रोजेको समय कति राम्रो
भन्नुहुन्छ पढ लेख मान्ने बानी हाम्रो ।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…