रमेशचन्द्र घिमिरे
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ
‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरी बज्यै के बार पर्छ ?’
यसो भन्दा बहिनीले केलाउँदै फर्सी
भन्नुभयो बज्यैले ‘शनिबारको पर्सि’
‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरी आमा के बार पर्छ ?’
यसो भन्दा बहिनीले मिलाउँदै लोली
भन्नुभयो आमाले ‘आइतबारको भोलि’
‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरी दिदी के बार पर्छ ?’
यसो भन्दा बहिनीले नमानेर झिजो
भन्नुभयो दिदीले ‘मङ्गलबारको हिजो’
‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरा दाज्यै के बार पर्छ ?’
यसो भन्दा बहिनीले बोल्नुभयो दाज्यै
‘सोमबारमै पर्छ बहिनी सोमबार हो आजै ।’
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…