Categories: बाल कथा

“मायाको चिनो”

मुक्ति गौतम
कालापहाड, मणिपुर (भारत)

‘हजुरबा ! आज म जन्मेको दिन हो त । मेरो जन्मदिनमा मलाई मायाको चिनो दिनु हुन्न ? ?’ कक्षा छ मा पढ्ने दृष्टिले पलापिंदै भनी ।
‘भन के चाहियो तिमीलाई ? मेरी नातिनीले जे भनेपनि किनीदिन्छु ।’ हजुरबाले दृष्टिलाई मुसार्दै भने ।
‘म जे भन्छु त्यही किनी दिनुपर्छ नि ।’
‘हुन्छ हुन्छ हिड जाउँ ।’
दृष्टिले हजुरबुबालाई नजिकैको एउटा कपडा पसलमा पुर्याएर भनी–‘हजुरबा मलाई स्कुलका एक्ट्रा युनिफर्म सेट र पुस्तक कापी किनीदिनु होस ।’


‘जन्मदिनको खुशियालीमा त हिजोआज चलन चल्तीमा चलेका र राम्रा राम्रा फेसनका कपडा हेर न । हुन्छ हुन्छ एक्सट्रा युनिफम पनि किनी दिउँला ।’ हजुरबुबाले भने ।
दृष्टिले जुतामोजा सहित स्कुल युनिफार्म पेक गर्न लगाइ । छेवैको पुस्तक पसलबाट उसको कक्षाका लागि चाहिने जम्मै किताब र खाताहरू पनि लिएर आई । हजुरबुबालाई दुबै पसलको बिल दिई । हजुरबुबा आश्चर्यचकित भए । केही नबोली दुबै पसलको आठहजार रुपैया बिल तिरे ।
दृष्टिको योजना अनुसार हजुरबुबालाई एउटा रेस्टुरेन्टमा लिएर गई । उसले उसकी कक्षाकी मिल्ने साथी मालतीलाई पनि बोलाएकी थिइ । उसले दुईवटा पिज्जाको अर्डर गरी । पिज्जा खाइसकेर दृष्टिले स्कुल युनिफार्म र किताब मालतीलाई दिंदै भनी–
‘मालती तिमी भोलिदेखि स्कुल आउनु ल । तिमी म भन्दा पढन जान्दछेउ । तिमीले मलाई होमवर्क पनि सिकाइदिन्छेउ । तिमीले पढन छाडनुहन्न । तिमीले धेरै पढी सकेर जागिर गर्न थालेपछि त तिम्री मम्मीले पनि कसैको घरमा पोछा लाउनु पर्दैन नी । मेरो जन्मदिनको खुशीयालीमा तिमीलाई यो मेरो ‘मायाको चिनो’ प्लीज मालती समाउ ।’
मालतीका गहभरी आँसु भरिए । उता हजुरबुबा मनमनै नातिनीको उच्चदृष्टि देखेर आफ्नो विगत सम्झीरहेका थिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago