Categories: बाल कथा

“सम्बन्ध”

 

नवराज शर्मा

“नातिनातिना खाइवरी पढ्न जान्छन् ।” सानु बोल्यो ।
” छोरा मिर्मिरेमा कामबाट फर्की सुतेको छ ।” जेठो बोल्यो ।
” बुहारी काम गर्न जान्छे । ” जेठी बोली ।


” घण्टी बज्छ पुजा सकिन्छ, अनि बुढी खाजा खान बस्छिन् । “बुढी बोली ।
केहीबेरमा बिहानको डुलाई सकेर बुढा आइपुग्छन् । अनि खुइ्य गरेर एक्लै खाजा खान बस्छन् ।” बुढो बोल्यो।
यतिबेर सबैको कुरा सुनिरहेको फुच्चे बोल्यो , ” हैन हब्बा ! यिनीहरूलाई सँगै बस्ने बोल्ने रहर हुँदैन कि कसो ?”
” हामी प्राण नभएकाहरू त एकदोस्रोसँग बोल्न, बस्न र अँगालो मार्न रहर गर्छौँ, यी ज्युँदो भनाउँदाहरूको सम्बन्ध जीवन्त किन नभएको होला कुन्नि !” आफ्नो वरिपरिको कुर्सीहरूलाई हेर्दै बुढो टेबलले विस्मय र बिस्मातको स्वरमा भन्यो ।
भर्जिनिया, अमेरिका

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago