Categories: बाल कथा

“स्वदेशी”

उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका झापा

बाबु त धेरै अङ्ग्रेजी पो बोल्छ त यति सानैमा, के को प्रभाव हो?
घर आएको दुई दिनपछि गोपालले निर्मलालाई सोध्यो।
खै घरमा सबै नेपाली नै बोलिन्छ, टी.भी.च्यानलको प्रभाव होला।

तिमीलाई पनि यस्तै मन पर्दोहो। बाबुले अङ्ग्रेजी बोल्दा मक्ख पर्छ्यौ कि? गोपालले छड्के हान्यो।
के गर्नु नदेखाई अल्मल्याउनै गाह्रो छ, ख्वाउन पनि सकिदैन निर्मलाले बाध्यता ओकली।
हाम्रा नेपाली च्यानल चैँ छैनन्? यस्ता नानी बाबुहरूलाई प्रभाव पार्ने ? गोपालले जिज्ञासा राख्यो।
छन् तर रसिलै मान्दैन। रिमुट ल्याएर अर्को लाइदे भन्छ। लाएन भने झगड़ा। निर्मलाले अनुभव बताई।
त्यस क्षेत्रमा लागेकाहरूले बालबालिकाका लागि रमाईला सामग्री तयार गरेर प्रचारमा ल्याउनु पर्ने हो खै क्षमता र ज्ञान भएकाहरू अगाड़ि नसरेका हुन् कि ! गोपालले निरासा व्यक्त गर्यो।
जान्नेले गरे हुने आफू त यस्तै परियो। निर्मलाले सहमति जनाई।
गोपाल चिन्तित् हुँदै बोल्यो आजका सारा बालबालिकाहरू बच्चैदेखि विदेशी भाषा, भेषभूषा, खानामा अभ्यस्त हुदै जाने हो भने ठूला भएर कसरी स्वदेशी बन्न सक्लान्?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 minutes ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

24 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

24 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago