Categories: कविता

“माेवाइल”

सरिता पराजुली

माेवाइलमा ध्यान दिने
राम्राे हाेइन बानी
भन्दाखेरि ठुस्स परिन्
हाम्री सानी नानी ।

गृहकार्य गर्दा पनि
आँखा तानी तानी
हेर्ने कस्ताे बानी बस्याे
हेर सानी नानी ।

लुकाएर लान पाए
झाेलाभित्रै जान्थ्याे
स्कुलकाे टिफिनमा
अहा!मज्जा आँउँथ्याे ।

भन्दै कहिले हँसाउँछिन्
कहिले दिक्क पार्छिन्
कहिले काहीँ सम्झाउँदा
आँसुमात्र झार्छिन् ।

सबैभन्दा प्याराे वस्तु
माेवाइल नै भयाे
यसकाे दर्शन गर्दा गर्दा
समय नै गयाे ।

साथी संगीसँग खेल्ने
दिन ढल्दै गयाे
माेवाइलले सबै खुसी
खाेस्दै खाेस्दै लग्याे ।

एकान्तमै रमाउँछन्
साना साना नानी
माेवाइलमात्र चलाउँछन्
च्यानल छानी छानी ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

3 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago