फेसबुक कवि
बैत्यश्वर-६, दाेलखा
साउनकाे महिना, घाम देख्नुछैन,
गजधुम्म आकाश, बादलकाे चैन।
सिमसिम ताप्प तुप्प, दर्के दररर,
ओच्छ्यानमा पानीपानी, हुस्सु हररर।
पिंडालुका पातले, छाता बनाउँछु,
सपनीमा स्कुल, भेडा चराउँछु।
नआइज न दर्के, मन मेराे रून्छ,
धुरूधुरू राेएकाे, कालु पप्पी सुन्छ।
साथी काेही छैन, खेल्न पाइएन,
ताराबाजी लै लै, गीत गाइएन।
अक्षर काला काला, चाैरीजस्तै लाग्छ,
सधैं भेडीगाेठ खर्क, कुहिराेले ढाक्छ।
बाबा कता कता, आमा कताकता,
टाेलाएर बस्छु, रूख मुनि म ता।
जिङ्रिङ्ग छ केश, गनाउने भेष,
कता सरकार, कता मेराे देश ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…