“चस्मा हरायो”

घनश्याम रेग्मी

बाजे:-
नाति केटा लौ न मेरो चस्मा हरायो
दिउँसो नै रात जस्तो छाम्ने गरायो
भर्खरै त यतै थियो कता परेछ
यै कोटको खल्तीबाट फुत्त झरेछ ।

खोजी देऊ लौ न बाबु दिन्छु मिठाइँ
राम्रोसँग खोज बाबु यतै छ कि कहीँ
टिभी हेर्न पात्रो हेर्न गाह्रो गरायो
राम्रो सँग खोज लौ न चस्मा हरायो ।

नाति:-
बाजे पनि जता पायो फाल्नु हुन्छ चस्मा
खोल भित्र राख्न पर्ने जतन् गरी यसमा
कहिले सम्म थियो बाजे कहिले हरायो
कता कता फाल्छौ बुढा चस्मा हरायो ।

बाजे:-
खाना खान भित्र जाँदा यतै राखेको
यै कोटको खल्ती भित्र छुस्स राखेको
खोजी गर्दा साह्रै थाकें हत्तु गरायो
राम्रोसँग खोज बाबु चस्मा हरायो ।

नाति:-
पर्ख बाजे तिम्रो चस्मा मैले खोज्दैछु
खाना खानु पूर्व लाको कोट खोज्दैछु
कालो कोट ला थ्यौ बाजे भान्सा भन्दा पहिले
खैरो कोट लायौं बाजे शरीरमा अहिले ।

कोट पनि बिर्सिएछौ कति कस्ता रङ्ग
राख्ने पनि ढङ्ग छैन न खोज्ने छ ढङ्ग
कोट रङ्ग चिन्दैनौ कि हाँस्ने गरायो
राम्रो सँग नराखेर छाम्ने गरायो ।

बाजे:-
बूढो भए पछि सबै बिर्सिइने रैछ
भान्सा जानु पुर्व लाको कालो कोट रैछ
कस्ता सुद्धि भए मेरा होसै हरायो
हराएछ चस्मा भन्दै खोज्ने गरायो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

4 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago