Categories: बाल कथा

“मित्रताको मिठास”


बिनोदप्रसाद ढकाल
इनरुवा , सुनसरी

विद्यालयबाट छुट्टीपछि रमण र लक्ष्मण बाटो हुँदै घर फर्कँदै थिए। रमण कक्षा आठमा पढ्थे भने लक्ष्मण सात कक्षाका विद्यार्थी थिए। बाटोमा हिँड्दै गर्दा लक्ष्मणले रमणलाई सोधे, “दाइ, आज साथीहरूले ‘ह्याप्पी फ्रेन्डशिप डे’ भनिरहेका थिए, त्यो के हो ?” रमणले मुस्कुराउँदै भने, “आज अन्तर्राष्ट्रिय मित्रता दिवस हो लक्ष्मण। यो दिवस हल मार्कले आफ्ना साथीहरूलाई कार्ड पठाइ मनाउने गरि सन १९१९ देखि सुरुवात गरेका थिए।  यो दिन हामी असल साथीहरूको सम्झनामा मनाउँछौँ। साँचो मित्रता भनेको दुःखसुखमा सँगै हुने सम्बन्ध हो।” लक्ष्मण अझै जिज्ञासु हुँदै सोध्छ, “तर असल मित्र भनेको कस्तो हुन्छ त ?” रमणले मन छुने उत्तर दिए, “असल मित्र भनेको त्यो हो जसले तिमीलाई गलत बाटोमा लाग्न दिँदैन, जसले तिम्रो सफलतामा खुशी हुन्छ र तिमीलाई कहिल्यै एक्लो महशुस हुन दिँदैन। यो निस्वार्थ हुन्छ, मित्रता पैसाले होइन, विश्वास र इमानदारीले चल्ने सम्बन्ध हो।” “त्यसैले आजको दिन मित्रता दिवस मनाइन्छ ?” लक्ष्मणले उत्सुकताका साथ सोधे। “हो, यसले हामीलाई मित्रताको महत्व सम्झाउँछ। पुराना साथीलाई सम्झन, नयाँ साथी बनाउने प्रेरणा दिन्छ,” रमणले सम्झाए। घर नजिक आउँदै गर्दा दुबैले एक-अर्कालाई हात मिलाउँदै भने, “ह्याप्पी फ्रेन्डशिप डे !” लक्ष्मणले रमाइलो भावमा भन्यो, “तपाईँ जस्तो दाइ भए पछि मलाई अरु साथीको जरुरत छैन।” रमण मुस्काउँदै टाउको ठोक्काए, “हेर है! सधैँ असल मित्र बन्नु!” त्यसपछि दुबैले बिदा लिए र हर्षले घरतर्फ लागे।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

12 hours ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

12 hours ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

1 day ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

2 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

2 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

3 days ago