Categories: बाल गीत

“मेरो सानो कोठा”


शशि अर्याल लम्साल

मेरो सानो कोठा छ
काेठामा एउटा ढाेका छ
ढाेकाकाे छेउमा टेबुल
गर्छु म राम्रा कबुल
मेराे सानाे…….

किताब कापी लस्करै
मिलाइ भ्याएँ भर्खरै
ओछ्यान राम्राे चिटिक्क
गर्दिन फाेहाेर फिटिक्क
मेराे सानाे………

दराजमा लुगा मिलाउँछु
च्यात्तियाे भने सिलाउँछु
पुछेर भुईँ खुरूक्क
भएँ नि म त फुरूक्क
मेराे सानाे………

आमा र बाबा आउनुभाे
देखेर काेठा रमाउनुभाे
बाबाले काँधमा राख्नुभाे
आमाले धाप मार्नुभाे
मेराे सानाे……..।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

2 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

1 day ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

1 day ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

1 day ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

2 days ago