अन्जु चालिसे ‘रूपाञ्जली’
आरुबारी, काठमाडौँ

“समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!”
सभाहल तालीले गुञ्जियो।
गान्धी जयन्तिको कार्यक्रममा राखिएको गान्धीजीको तस्बिरमुनि लेखिएको थियो— ‘तिमी संसारमा देख्न चाहेको परिवर्तन आफैँबाट सुरु गर।’
वक्ता जोसिँदै थिए,“परिवर्तन अरूबाट होइन, आफैँबाट सुरु गर्नुपर्छ।”
पछाडिबाट एक युवकको आवाज आयो, “त्यसो भए… सुरुवात हामीले यतैबाट देख्न पाउने भयौँ, सर ?”
वक्ता एकछिन रोकिए।
“के भन्न खोज्नुभएको ?”
“केही होइन।”
बोल्दाबोल्दै वक्ताले एक घुट्को पानी पिए। खाली बोतल डस्टबिननजिकै भुइँमा फुत्त छोडे। एकछिन बोतलतिर हेरे, अनि माइकतिर फर्किए। “हामी सबैले आजदेखि आफूलाई बदल्ने संकल्प गरौँ।”
ताली बज्यो। युवक त्यहीँ उभिएको थियो। उसले मुस्कुराउँदै भन्यो, “आज म उठाइदिउँला, सर।”
उसले बोतल उठाएर डस्टबिनमा हाल्यो।
वक्ता केहीबेर मौन रहे। त्यसपछि मञ्चमा रहेको गान्धीजीको तस्बिरतिर हेरे।
युवकले पनि त्यतैतिर हेर्दै सोध्यो, “सर, अब संकल्पपछि…?”
वक्ताले बिस्तारै भने, “क्षमा गर्नुस्… सन्देश सुन्न सजिलो रहेछ, बानी बदल्न गाह्रो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

1 day ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

1 day ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

3 days ago