बिन्दु पौड्याल वस्ती
साना साना बासका
मसिना छन् खुट्टा
सिधा छड्के मिलाउॅदा
अॅाखी झ्याले बुट्टा
बिचमा कसी बॅाधेर
छेउछाउमा फुकेको
मिल्छ आकार ठ्याकै
डम्बरु शिव बोकेको
झिलीमिली डोरीले
पान बुट्टा बनाउॅदै
मुढा बुने काकाले
पावर चस्मा लगाउॅदै
मुढा कति ज्ञानी
बस्छन् भन्ने जानी
जता पनि जान्छ
सबै कुरा मान्छ
गाउॅ शहर पाइने
सधैं बस्न चाइने
धेरै पनि पर्दैन
सामान धेरै चाइदैन
बस्ने ठाउॅ फाटेमा
बेरिहाल्छन् बोराले
बस्न सजिलो बनाउॅछ
दुः ख दिदॅा घॅुडाले
घामपानी जोगाए
टिक्छ लामै समय
सबै कुराले ठिक्क
मुढाले पार्यो फुरुङ्ग।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…