Categories: विविध

“सामाजिक परिवेश”


लक्ष्मी काफ्ले

जुनु एक गरिव परिवारमा जन्मेकी महिला थिइन्। बुबाआमा किसान काम गर्नुहुन्थ्यो । चेतनाको कमी भएको त्यस परिवारमा जीविको पार्जनको माध्यम किसानी काम थियो। जुनु एक जवान महिला थिइन् । केही समय यता उनको मानसिक स्थिति राम्रो थिएन। छोरीको अवस्था देखेर बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो। केही समय यता औषधी नखाएको हुदॅा उनको होस गुमे जस्तो देखिन्थ्यो । अभावकै कारण राम्रो चेकजॅाच र औषधीको जोगो गर्न सकेका थिएनन्। बढ्दो महड्गीका कारण पिल्सिएको त्यस परिवार हुनेखाने पहॅुचवालाको खिल्लिको विषय बनिरहेको थियो। जवान छोरी मानसिक रूपमा बिरामी बुबाआमालाई यो भन्दा बढी चिन्ता के नै हुन्छ छ र ? सडकबालबालिका समेत अछुत नरहने सामाजिक परिवेशमा नरपिचासको यौन प्यासको निशाना यस्तै कमजोर बालबालिकाप्रति नै पर्ने गर्छन्। नभन्दै यस परिवारमा पनि नसोचेको घटना घट्न पुग्यो। जुनु गर्भवती भएको पत्तै भएन । उनले त्यसै घरमा छोरी जन्माइन्। बुबाआमाको होसहवास उड्यो। बुबाको पत्तै छैन । न्वारन कसरी गर्ने टाउको समात्न थाले । होस नै गुमाएकी छोरीको सम्बन्ध क-कससॅग थियो कसरी टुड्गो लगाउने बडो फर्साद पर्यो । आजसम्म पनि बालकको न्वारन हुन सकेको छैन। यसको जिम्मेवार पक्ष को प्रश्न खडा हुन्छ।
समस्या मसाधान गर्ने भन्दा भिउज बढाइ प्रसिद्दी कमाउने होडमा लागेका रमिते दुनियॅालाई यो भन्दा राम्रो मौका के नै थियो र ? युवटुवे र टिकटकेहरूको चर्तिकला तछाड मछाड हुँदै यही जुनुको कमजोरीमा केन्द्रित हुन थाल्यो। समस्या समाधान गर्ने कोही देखिएन । यस्तो गहन विषयलाई अनेक बहानावाजी गर्दै भाइरल बनाउन तर्फ लागियो। कतिले सोचेभन्दा बढी भिउज बढाएर मागीखाने भॅाडो बनाए। पिडित परिवारको समस्यामा अझै नुनचिच लगाउने काम भयो।
आखिर यस्ता गहन घटनालाई खिल्लि उडाउने हाम्रो समाज कतातिर डोहोरिदैछ। यस्ता गतिविधिले छोरीचेलीको इज्जत प्रतिष्ठा संरक्षण होला र?
जुनु जस्तै कमजोर हजारौ दिदीबैनी यौन पिपासुको शिकार बनिरहेका छन्। यसको जिम्मेवार पक्ष को हो? कहिले अमला काण्ड कैले के काण्ड भन्दै नामाकरण गर्ने समाजले यस्ता समस्याको निकास के गहन तरिकाले गर्ला ? दोषी नउम्कोस् निर्दोषी नफसोस्। पैसाको र पहॅुचको आधारमा ऐन कानुन कोल्टे पर्ने देशका नागरिक हामी दीनदुःखीको बॅाच्ने पाउने अधिकार पनि दिनप्रतिदिन धरापमा पर्दै गएको देखिन्छ। जुनु जस्ता धेरै महिलाहरू यस्तै सिकार बनिरहेका छन् रमितेहरूको निशाना पनि।
तिललाई पहाड बनाउने अर्काको नितान्त व्यक्तिगत कुरालाई मिडियावाजी गरेर व्यापारको संजाल बढाइरहेकाहरूले यो गतिविधिले सम्बन्धितलाई कस्तो असर पार्ला र गहन विषयलाई हल्का र खिल्लीको रूपमा लिदा पिडितहरू कति विचलित होलान् यस्तो अमानवीय गतिविधिले समाज कतातिर डोहोरियला यो अति सोचनीय विषय बन्न पुगेको छ।
नोटः(यस कथाका घटना र पात्र काल्पनिक हुन् कसैसॅग मेल खाएमा संयोग मात्र हुनेछ।)

सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

21 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

21 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago