“मेराे अनुभव”

पुण्यप्रासाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

उसकाे हातमा पेन्सिल थियाे, मेराे हातमा खरी,
स्कुल टाढा काँधमा पाटी, म पुग्थेँ मरितरी ।
वर्ण मात्रा आधन अक्षर, ती थिए थरिथरी,
लाै पढ पढ सबका अर्ति, म सुन्थेँ घरिघरी ।

उसकाे खुट्टा चप्पल थ्याे, मेरा खुट्टा खाली,
प्याट्ट प्याट्ट पाइलै पिच्छे, बजी दिन्थ्याे ताली।
नाक भरि मट्टितेल खार, पढ्थेँ धिब्री बाली,
शब्दै थिएन बालमैत्री, वर्षा हुन्थ्याे गाली।

तीन कक्षामा कपी पाएँ, कक्षा आठ चप्पल,
केरादाम्चा काटीकाटी, जुत्तालाई नक्कल।
कट्टु खसिरहन्थ्याे नत,ईंजार कस्ने अक्कल,
राम्रा अक्षर बनाउन, गर्थेँ सक्कल नक्कल।

पहिले संसार घर थियाे, अली पछि गाउँ भाे,
हनुमन्ते शैलुङ डाँडा, चिन्न थाले नाउँ पाे ।
ठुलासिंगारे मिठाईगेडा,ओैधी खाऊँ खाऊँथ्याे,
बैत्यश्वर दाेलखा जिल्ला, मेराे जन्म ठाउँ हाे।