“हामी साना नानी”

रुद्र अधिकारी
ईटहरी, सुनसरी(हाल: लन्डन)
हामी साना नानी,
सारै राम्रो बानी,
समयमा सुत्ने,
समयमा उठ्ने,

नुहाई धुवाई गरी,
सधैँ स्कुल जाने,
हामी साना नानी,
सारै राम्रो बानी,
पढने, लेख्ने, खेल्ने,
असल हामी बन्ने,
हरियो परियो खाने,
एक छिन दगुर्न जाने,
हात मुख धुई,
सफा सुघ्ररहुने,
हामी साना नानी,
सारै राम्रो बानी,
ठूलालाई आदर,
सानालाई माया,
हामी सधैँ भरी,
बा आमाको छाया,
हामी साना नानी,
सारै राम्रो बानी,
झुटो बोल्या होईन,
रिसाएको छैन,
सघैँ हाँसी-खुसी,
कैले छैन दुःखी,
हामी साना नानी,
सारै राम्रो बानी।
Enter
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

2 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

2 days ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

2 days ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

3 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

3 days ago