विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ ।
प्याराे लाग्छ मलाई मेराे मामाघर
मेरी आफ्नी आमाकाे जन्मघर
छुट्टि हुन्छ जब मामाघर जान्छु म
मामाघर जान पाउँदा खुसी हुन्छु म
मेरी आफ्नी आमाकाे जन्मघर
प्याराे लाग्छ मलाई मेराे मामाघर
प्यारा मेरा मामलका हजुरबा
प्यारी मेरी मामलकी हजुरमा
काँधमा बाेकि डुलाउने हजुरबा
मिठाे मिठाे खान दिने हजुरमा
मामासँग फूलबारीमा डुल्छु म
थरिथरि खेल्न पाइ भुल्छु म
कतिकति त्यहाँ त,डुल्ने ठाउँ
लाग्छ त्यही खेल्दै कुद्दै रमाउँ
राम्राे लाग्छ मेराे मामली गाउँ
खेल्न कुद्न पाउने रमाइलाे ठाउँ ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…