Categories: कविता

मेरा अनुष्टुप् पजल श्लोकहरू

शोभा कोइराला

टुप्पाको मित्रतालाई कसै आफ्नो नसम्झनु
माझीले जाल हानेझैँ जाल हान्छन् नबिर्सनु।

धमिलो पोखरीभित्र पद्म फुल्छन् रमाउन
महासागर सक्दैनन् उही पद्म फुलाउन।

आत्माको दीपले पार्छ स्वयम्‌लाई प्रकाशित
शुद्धात्म भाव राखेमा मिल्छ आँफै प्रभासित।

दिएको चोटको खोट मेटिदैन कसैगरी
निर्धोलाई रुवाएमा आस्था घट्छ उसैगरी।

मान्छे ता एक नै हुन्छ अनेकौं गुण साथमा
थाहा हुन्न कसैलाई उसको रूप खासमा।

उपदेश दिने चाहिँ असामान्य कहाउँछन्
निर्धोलाई निराधार त्यसै दोष लगाउँछन्।

एकैनास हुँदैहुन्न सारा जीवन पद्धति
मान्छेको भावनालाई मान्छेले बुझ्छ के कति?

पासको भाव भेट्दैन दूरमा भाव भेट्दछ
व्यर्थको जीव हो मान्छे भावना शुद्ध रेट्दछ।

क्षमताको कुरा हुन्न परीक्षा हुन्छ व्यर्थमा
शूचि होस् फेलकै धेर डर्नु हुन्न अव्यर्थमा।

भावमा मिल्छ दुर्भाव मित्रमा झन् अराजक
रूप वामनको धर्दै लुट्न खोज्छन् अनाहक।

विना सङ्घर्ष भेटिन्न लक्ष्यको घर मूलत:
हिंड्नुपर्छ अनिर्णीत हटाई कण्ट अन्तत:।

अहंकार तिरस्कार गर्छ मानिसले किन?
क्षणभङ्‌गुर संसार भुल्छ अज्ञानले छिन।

महासागरको पानी बग्न रोक्दैन घामले
कविको मनको भाव रोक्न सक्दैन कामले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

19 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

19 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago