Categories: कविता

“टुकी”

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी

कहीँ कुपी नाम मेराे काेही भन्छन् टुकी
अन्धकार हटाउने थियाे मेराे खुबी।
मट्टीतेल सँग थिएँ सलेदाेकाे साथ
उज्यालोले भरिपूर्ण पारिदिन्थेंँ रात।
डिबिया र ढिब्री आज कतै देखिदैनन्
पेट्राेमाक्स लालटिन कतै भेटिदैनन्।
विजुलीले मेटिदियाे हाम्राे कामकाज
मानिसले भुलिसक्याे हाम्राे नाम आज।
सजाएर राखे पनि हाम्राे मन बुझ्थ्याे
मिल्काउँदा चित्त दुख्यो नत्र किन दुख्थ्याे?


नयाँ पुस्ता अनभिज्ञ भए हामी देखि
प्रविधिले हामीसित झार्न लाग्याे सेखी।
मैनबत्ती पनि माैन हुन थालिसक्याे
दियालोकाे जमानाले नेटाे काटिसक्याे।
खेद छैन तर कत्ति धेरै काम दियाै
जमानामा हामी सबै घरघरै थियौँ।
इतिहास खाेजी हेर शब्दकाेश भित्र
मानिसका थियौं हामी भलाे गर्ने मित्र।
आफ्नो कथा आफैं लेखें पिर बेथा पाेखेँ
आफ्नो काम मनभित्र तराजुमा जाेखेँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

20 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

20 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago