“मेरा साथीहरु”


रञ्जुश्री पराजुली

मेरा साथी धेरै छन्
माया पनि गर्दछन्
साथी बिना मेरो अस्तित्व नै हुँदैन
नाम दिई सबैलाई चिनाउँछन् तिनले
साथीले नै राखेका छन् मेरो परिचय
हात खुट्टा आँखा जीब्रो सबै साथी
मस्तिष्क बिद्धुत भन्डार काम
ठूलो पुरा शरीर चलाउँने यस्कै हुन्छ काम
मस्तिष्कले आज्ञा दिई मात्र चल्छज्यान
अँखा अर्को सच्चा साथी उज्यालो दिन्छ
राम्रो कार्य गर्न यस्ले सबलाई डोर्याउँछ
औंला अर्को राम्रो मित्र लेख्न सिकाउँछ
चित्र कोर्न ,कथालेख्न पनि सिकाउँछ
एक जोर खुट्टाले हिडेर संसार घुमाउँछ
पाखुरी सङ्ग मिलेर योग ध्यान गराउँछ
मुखाभरी राम्रा उज्याला सेता दाँत टम्म
खाना चपाई धुलो बनाई निरोगी बनाउँछ
शरीर भित्र साना अंङ्ग सानै तिन्का काम
रगत सफा पार्नेकाम मुटु भित्र हुन्छ
नीलो रगत अशुद्ध शुद्ध भै रातो हुन्छ
बाँच्नको लागि यहि रातो रगत चाहिन्छ
यस्ता अङ्ग मिलि हुन्छ ज्यान स्वस्थ्य
त्यसैले त ती सबै अभिन्न मीत्र हुन्
मानबले ध्यान साथ तिनको सुन्नु पर्छ
अनि मात्र तिनको ज्यान तन्दुरुस्ती हुन्छ।