मेरी श्रीमतीले काम गर्दिनन

राधा केसी
एक पति र मनोवैज्ञानिक बीचको कुराकानी:-
मनोबैज्ञानिक: तपाईँ के काम गर्नुहुन्छ?
पति: म बैंकमा लेखापालको रूपमा काम गर्छु।
मनोबैज्ञानिक: तपाईंको श्रीमती नि ?
पति: उनी काम गर्दिनन्, उनी केवल गृहिणी हुन्।
मनोबैज्ञानिक: तपाईको परिवारको लागि बिहानको खाजा कसले बनाउँछ?
पति: मेरी श्रीमतीले, किनभने उनी काम गर्दिनन्।
मनोबैज्ञानिक: तपाईको श्रीमती बिहानको खाजा बनाउन कति बजे उठ्छिन्?
पति: उनी बिहान ५ बजे उठ्छिन् किनभने उनी बिहानको खाजा बनाउनुअघि घर सफा गर्छिन्।
मनोबैज्ञानिक: तपाईँका छोराछोरी कसरी स्कूल जान्छन्?
पति: मेरी श्रीमतीले उनीहरूलाई स्कूलमा पुर्याउँछिन्, किनभने उनी काम गर्दिनन्।
मनोबैज्ञानिक: आफ्ना छोराछोरीलाई स्कुल पुर्याएपछि के गर्छिन् ?
पतिः त्यसपछि खाना पकाउन र लुगा धुनका लागि घर फर्किन्छिन्। दिनभरि उनी घरमै हुन्छिन् किनकि उनी काम गर्दिनन्।
मनोबैज्ञानिक: बेलुका अफिसबाट घर फर्केपछि के गर्नुहुन्छ ?
पति: दिनभरको कामले थकित भएकोले आराम गर्छु।
मनोबैज्ञानिक: त्यसपछि तिम्रो श्रीमती के गर्छिन्?
पति: उनले मेरोलागि चिया नास्ता बनाउँछिन्। परिवारलाई खाना तयार गर्छिन, हाम्रा बच्चाहरूलाई होमवर्क गराउँछिन्। बच्चाहरूलाई माया र सेवा गर्छिन्। खानापछि भाँडाकुँडा सफा गर्छिन, किचन सफा गर्छिन र बच्चाहरूको लागि न्यानो ओछ्यान तयार पार्छिन्।
सुत्नु अघि मेरो जिउमा मालिस गरिदिन्छिन्। म दिनभर काम गरेर थाकेको हुन्छु। किनकि उनी केही काम गर्दिनन्, गृहिणी हुन्।
एक महिलाको बारेमा उनलाई कसैले सोध्यो, तिमी काम गर्ने महिला कि गृहिणी ?
उनले जवाफ दिइन्:
हो, म गृहिणी हो।
पूर्ण-समय गृहिणी।
म चौविसै घण्टा काम गर्छु ।
म आमा हुँ। आमाको काम गर्छु।
म श्रीमती हुँ। श्रीमतीको काम गर्छु।
म छोरी हुँ। छोरीको काम गर्छु।
म बुहारी हुँ। बुहारीको काम गर्छु।
म भाउजू हुँ। भाउजूको काम गर्छु।
म जेठानी हुँ। जेठानीको काम गर्छु।
म देउरानी हुँ। देउरानीको काम गर्छु।
म अलार्म घडी हुँ।
म कुक हुँ।
म धोबी हुँ।
म वेटर हुँ।
म नानी हुँ।
म नर्स हुँ।
म शिक्षक हुँ।
म दासी हुँ।
म एक व्यवस्थापक हुँ।
म एक सुरक्षा अधिकारी हुँ।
म एक सल्लाहकार हुँ।
म एक सान्त्वना हुँ।
मैले बिदा पाउँदिन।
मलाई बिरामी बिदा मिल्दैन।
मलाई चाडपर्व बिदा छैन।
दिनरात काम गर्छु ।
म सातै दिन, चौविसै घण्टा हाजिर छु ।
मलाई कसैले भुक्तानी दिनु पर्दैन।
किनकि म एक गृहिणी हुँ
म काम गर्दिन।
सम्पूर्ण गृहिणी महिलाहरुमा समर्पित ***
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

15 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

16 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago