सरिता पराजुली
चन्द्रागिरि-१५ ,काठमाडाैं
चिर्र चिर्र गर्दै चरा
धेरै कराए
लाग्याे मलाई आज तिनले
किन बाेलाए ।
अफ्ठेराेमा परे कि त !
भन्ने लागेर
घर बाहिर निस्की हेरेँ
ढाेका खाेलेर ।
बकैनाकाे रूखभरि
साराैँ बसेका
चिर्र चिर्र गर्दै रैछन्
कुरा गरेका ।
त्याे रूखमा कागले थ्याे
बनाएकाे गुँड
कागलाई रिस उठ्याे
हल्लायाे ठुँड ।
काँकाँ काँकाँ गर्दै काग
धेरै करायाे
भन्दाे हाेला यी साराैँलाई
कसले बाेलायाे।
साराैँका ती बथानमा
एक्लाे भएर
असहायजस्ताे भई
बस्याे राेएर ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…