मेरो आफ्नै कथा


प्रेशिका आचार्य

नमस्कार मेरो नाम प्रेशिका आचार्य हो । मेरो बाबाको नाम आशिष आचार्य र आमाको नाम पुष्षाञ्जली आचार्य हो । मेरो परिवारमा हजुरआमा पनि हुनुहुन्छ । उहाँले मलाई धेरै मायाँ गर्नुहुन्छ । उहाँको नाम शान्ता आचार्य हो । म अहिले बाह्र बर्षको भएँ । मलाई हुर्काउँनको लागि मेरो हजुरआमाले धेरै दु:ख गर्नुभएको छ। अहिले म सानो नै छु । मेरो घर तारकेश्र्वर नगरपालिका वार्ड नं – ५ गोलढुंगामा पर्छ भने मेरो स्कुल काठमाडौ महानगरपालिकाको बालाजुमा पर्छ रे । यो यो कुरा मलाई मेरो स्कुलको मिसले भन्नुभएको हो । मेरो दादा दिदीहरूले पनि यही स्कुलमा पढ्नु भएको हुनाले मैले पनि यही प्रगती हाई स्कुलमा पढ्ने मौका पाएँ । म कक्षा ६ मा पढ्ने विद्यार्थी हुँ । मलाई नाचगान गर्न , चित्र बनाउँन ,नयाँ नयाँ ठाउँमा घुम्न टिकटक बनाउँन र अभिनय गर्न पनि निकै रूची लाग्छ । म नेपाली हुँ र मैले बोल्ने भाषा पनि नेपाली हो। तर हाम्रो स्कुलमा पढ्नु पर्ने धेरै जसो बिषय अङ्ग्रेजीमा भएता पनि मलाई चाँहि नेपाली बिषय धेरै मन पर्छ । बुझ्न सकिएन भने नेपाली गाह्रो बिषय पनि हो तर मिहेनत गरेर पढ्ने लेख्ने गरेमा धेरै सजिलो पनि हुन्छ । मलाई सामाजिक बिषय पढ्न निकै रमाईलो लाग्छ । यो बिषय पढेर मलाई हाम्रो समाज र हाम्रो गाउँघरको बारेमा धेरै कुरा जान्न सक्ने बनाएको छ जस्तो मलाई लाग्छ । मलाई स्कुल समय पछि बिहान बेलुका घरमा पनि पढ्ने र खेल्ने समय मिल्छ । यो समयमा म कहिले काहि चित्र पनि बनाउँने गर्दछु । मैले एकपटक हाम्रो स्कुलमा चित्र बनाउँदा दोस्रो भएकी छु । म हाम्रै स्कुलले  आयोजना गरेको हस्तलेखन प्रतियोगितामा पहिल भएकी छु । यसै गरि म हाम्रो स्कुलले आयोजना गर्ने सबैजसो प्रतियोगिता तथा कार्यक्रमहरूमा सहभागिता जनाउँने गर्दछु र केही न केही पुरस्कारहरू पनि पाईरहेकै हुन्छु। म अहिले देखि नै राम्रो सँग पढ्दै गएर भबिश्यमा एउटा अशल वकिल बन्ने लक्ष्य लिएकी छु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

2 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

3 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago