कमिलाहरूको कुरा

निमा छिरिङ भोटिया

बर्खाको समयमा सबै कमिलाहरू आ-आफ्नो भित्री कामहरूमा ब्यस्त थिए। कोही भण्डारमा सामानहरू एक स्थानबाट अर्को स्थानमा सारिरहेका थिए भने कोही उनीहरूको रानीलाई स्याहार सुसारमा मस्त थिए। कोही समाचारहरू लाने ल्याउँने काममा लागिरहेका थिए। यस्तै माहौलमा भाले कमिलाहरू भने एक स्थानमा बसेर गफसफमा मस्त थिए।
यस्तैमा यसै भाले कमिलाहरूको भीडबाट एउटा पाको भालेले उठेर सबैलाई सम्बोधन गर्दै आफ्नो केही कुराहरू आज यस स्थानमा राख्ने एउटा सल्लाह मागे। उनको सल्लाहलाई इज्जत गर्दै सबैले उनको कुरा सुन्ने निर्णय गरे। सबै शान्त भएपछि फेरि त्यो भाले कमिलाले उठेर आफ्नो कुराहरू यहाँ भन्न लागे- ‘दाज्यु भाइहरू! उमेरमा म निकै पाको रहेछु, साथै मैले यस संसारमा तिमीहरूभन्दा धेरै कुराहरू देखेको, बुझेको पनि छु। तर यो मेरो घमण्ड चै पटक्कै होइन। यो एउटा पाकोपनको नमूना जस्तो लाग्छ। जेहोस् मैले बुझेको र ज्ञात भएका कुराहरू आज तिमीहरूको अघि राख्न लागिरहेको छु। कुरा के हो भने मानिस जातिले हामीबाट एकताको परिभाषा सिक्छन्। कसरी कामकारी हुनुपर्छ भन्ने ज्ञान हामीलाई हेरेर सिक्छन्। हामीले मिलेर कुनै पनि कठिन कामहरू गरेको देखेर उनीहरू कति रमाउँछन् साथै हाम्रो एकताको कथा कामको वर्णन उनीहरूले पुस्तकहरूमा पनि लेख्छन्। कति गर्वको कुरा हो नि हाम्रो लागि।
तर मलाई एउटा कुरामा अचम्म लाग्छ यी मानिसहरूको गुणमा। त्यो हो- उनीहरू हामी जस्तो एकतामा बाँधिएर कुनै पनि काम गरेको देखिनँ। उनीहरू एकले अर्कालाई लड़ाउने अथवा खुट्टा तान्ने गरेको मात्र देखेको छु। यसैले गर्दा मलाई यो उमेरमा आएर पनि अझै यी मानिसहरू मिलेको नदेख्दा मनमा अमिलो लाग्छ साथै कतै म पछि हाम्रो यो जातिमा पनि यस्तै चलन आउँछ कि भन्ने डर लाग्छ। तर मलाई विश्वास छ। हाम्रो जातिमा यस्तो कहिले हुँदैन। यी मानिसहरू जतिसुकै नै विवेकशील प्राणी भए पनि भविष्यसम्म हाम्रो जातिबाट एकताको पाठ पढ़ी बस्छन् तर कहिले सिक्दैनन्। उसको यस्तो गहकिलो कुराहरू सुनेर सबै कमिलाहरू यहाँ चुपचाप थिए।

जलढक्का /कालेबुङ

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

5 hours ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

5 hours ago

स्वाद

मित्र उराठी गौतम अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने…

6 hours ago

“बालदिवस”

तेजप्रकाश श्रेष्ठ मेरो किताब खै ? मेरो कापी कलम खै ? मेरो स्कुल ब्याग खै…

1 day ago

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

1 day ago

तीज

अम्बिका धिताल भक्तपुर “आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन…

1 day ago