Categories: कविता

“मेरो देश”

नरिश्वर गौतम

फागुन लाग्यो पुस गयो
माघ पनि गयो
सिर्रसिर्र हावा चल्यो
फेरि चिसो भयो
हिजोअस्ति दुईचार दिन त
राम्रै घाम लायो
आज फेरि आकाशमा
कालो बादल छायो ।।
पश्चिमबाट चिसो हावा
पूर्व सर्दै छ रे
उत्तरतिर हिमालमा
हिउँ पर्दै छ रे
आकाशबाट फुर्रफुर्र
कपास झर्दै छ रे
किसानको मुहारमा
खुशी छर्दै छ रे ।।
बादल कालो भएपनि
झार्छ सेतो हिउँ
दुख अभाव भए पनि
यही देशमा जिउँ
प्रकृतिको बगैँचामा
खेल्दै मजा लिउँ
जेजे फल्छ यहाँ खाउँ
यहीँको पानी पिउँ ।।
संसारको सुन्दर शान्त
पवित्र यो देश
पराइको धनभन्दा
आफ्नै माटो बेस
आफ्नै संस्कार संस्कृति
प्यारो भाषावेश
यही माटोलाई माया गरौँ
नजाऊँ परदेश ।।

सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

5 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

5 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

1 day ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

1 day ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago