Categories: बाल कथा

‘निर्बुद्धि’

ध्रुवराज थापा ‘पुरूष’
काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ

सबै रूख चढे न्यानो घामको पार ताप्दै बैठक सुरू भयो । सभापतिले सबैलाई बैठकमा स्वागत गर्दै प्रश्न राखे, “आजको बैठकको मुख्य एजेण्डा भनेको हामीहरूलाई खानेकुराको अभाव हुँदै गएको छ, अब त्यसको समाधान कसरी गर्ने होला ? सबैले पालैपालो आफ्नो धारणा राख्नुहोला ।”
सभापति ढेडु बाँदरको कुरा सुनेर पाङ्ग्रे बाँदरले आफ्नो जिज्ञासा राख्यो, “हो हामीलाई अब बाँच्नै गारो हुनेभयो, अहिले आधा पेट खाएर बाँच्नु परिरहेको छ ।पहिले पहिले हाम्रा हजुरबाको पालामा खाएरै नसकिने फलफूल जङ्गलभरि पाईन्थ्यो रे !”
खैरे बाँदरले उपाय निकाल्यो, “यी मान्छेहरूले केही नफल्ने विरूवा भन्दा थरिथरिका फलफूलका विरूवा वृक्षारोपण गरेको भए कति राम्रो हुन्थ्यो, हामीले पनि अघाउन्जेल खान पाउथ्यौँ, उनीहरूले पनि खान पाउथे ।”
उसले अगाडि थप्यो, “त्यसो होईन अब हामीले मान्छेका घरघरमा गएर उनीहरूका खानेकुरा खोसेर भए पनि खानुपर्छ ।”
ढेडुले जवाफ फर्कायो, ” खान्छौ ? उता मान्छेहरूले हामी वस्ती नजिक आएको चालपाएर जङ्लका सबै रूख काट्ने निर्णय गरिसके !”
फिस्टे बाँदरले रूखको हाँगो हल्लाउदै अचम्म मानेर प्रश्न गर्यो, “हैन बाँदर हामी हौँ कि तिनीहरू ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago