Categories: कविता

“हामीले लाउने गहना”

दुर्गा पौडेल

गहना पनि कस्ता कस्ता
रुप्पे मोहर जस्ता
माला बनाई लाउँदा भने
पैसा लगाए जस्ता ।
हबेल त्यस्को नाम रैछ
चाँदी बाट बन्ने
दिदी बैनी राम्री बन्न
त्यस्मै धन हाल्ने ।
कानमा लाउने मुन्द्री ढुङ्ग्री
नाकैमा बुलाकी
छाइछाइ बज्ने कल्लीलाई
राम्री बन्ने होला की ।
शिरमा लाउने शीरफुल
कर्णाफुली कानमा
ठिक्क परिन् सानी मैया
नाँच्न गाउन जान ।
कोही गहना चाँदीकाछन्
कोही सुन्का बन्छन्
हिरा मोती लाउनेलाई
धनी रैछ भन्छन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago