Categories: कविता

“मेरो देश”

रञ्जुश्री पराजुली

 

“पुर्खाको कीर्ति मेरोदेश भल्कन्छ झलल
मेची र काली नदी यहाँ बगेका सलल
सगरमाथा देशको शोभा हिमाली दरवार
उत्तर हिमाल दक्षिण तराई नेपाल घरवार।

म जस्तै शान्त शीतल होउ भन्दछ हिमाल
धानका बाला झुलेकाे तराई देखिन्छ कमाल
डॉँडा र पाखा गुराँस फुल्दा नेपाल हाँसेको
देखिन्छ सँधै नौरङ्गी डॉफे बनमा नाँचेको।

चमरी चर्ने हिमाली पाखा भरनस झर्झर
हातमा सीप मनमा आँट पसिना तर्तर
छ कतैलेक छ कतै बेसी छ कतै तराई
मेरा आफन्ती जन कोही छैननू पराई।

अनेकथरी मौसम यहाँ गर्मी छुजाडो छ
भुगोल यस्तै सम्म भिर तेर्सो ठाडो छ
अनेकतामा एकता हाम्रो देश छ विशाल
गौरव गर्छु शीरमा बोक्छु सुन्दर नेपाल।'”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

20 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

20 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago