Categories: बाल कथा

“मेरो सानो मने”

विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ

“आमा मेरो मनेलाई घाँस दिनु न” “आमा मेरो मने हेन्नु त कसरी उफ्रिन्छ ? आमा मेरो मने त बुबु खान थाल्यो न्यामन्याम गर्दै ।” चुलबुलेमनेसँग खेल्न पाएर सुगम औधि रमाएको थियो । खाना खान पनि फकाएर बोलाउनुपर्थ्याे उसलाई । चुलबुले साच्चैको चुलबुले थियो । कहिले बुरुक्क उफ्रेर बसेको सुवोधको ढाडमा टेक्थ्यो ,कहिले सिङबीनाको टाउकोले उसलाई हानेजस्तै गर्थ्याे । यसो गर्दा सुगम भने खित्का छोडेर हाँस्थ्यो । मने कहिले सिँगारीको बुबु खान रमाउँदै पुग्थ्यो। जब सिँगारीले चुलबुलेलाई पाई ,सुगमको खेल्ने आत्मीय साथीजस्तै भएको थियो ऊ।

Childhood, eco milk dairy products in the village. Child and baby goats in background of wooden gate in garden. Cute boy is feeding pet. Healthy childhood in village

एकचोटि सुगम बिरामी भयो ,उसलाई आमाले झारफूक गर्न धामीकहाँ लैजानुभयो । धामीले सुगमलाई प्रेतले दुः ख दिएको छ ,कालीको मन्दिरमा एउटा पाठो पूजा गर्नुपर्ने सल्लाह दियो । त्यो दिनदेखि सुगमकी आमाले त्यही सिँगारीको पाठो कालीलाई चढाउने भनेर मनमनै भाकल गरेकी थिइन् । दुईतीन महिनापछि चुलबुले पनि अलिक ठूलो भयो । सुगमका बाआमाले एउटा ढाकीमा पूजाका सरदाम राखेर सुगम र चुलबुलेलाई कालीको मन्दिर लानुभयो । चुलबुले र सुगम रमाउँदै -रमाउँदै बाआमाको पछि लागेर गए । मन्दिर पुगेपछि पूजारीले चुलबुलेलाई च्याप्प समाएर मन्दिरभित्र लगे । सुगम अचम्म मानेर हेरिरहेको थियो ,पूजारीले खुकुरी उज्याएर चुलबुलेको मुन्टो च्वाट्ट छिनाइदिएर , रगत मन्दिरमा चढाए ,याे सबै कृयाकलाप टुलुटुलु हेरिरहेकाे सुगम काेलाहल गरेर रुन थाल्याे मेरो मनेलाई किन आइया पारेको ? मेरो मने….मेरो मने….भन्दै । फकाउन सक्दो कोशिस गर्नुभयो बाआमाले ,गार्हाे भयो । ऊ चुप लाग्न सकेन । रुँदारुँदा थाकेर चुप लाग्यो । कालीको मुर्तिमा ढोग्न लाउन उनको बाबाले उसलाई मन्दिरभित्र लानुभयो । ऊ फेरि चर्किएर रुन थाल्यो,“मेरो मनेको लगत खाने देउतालाई म ढोग्दिन” भन्दै अघिकैजस्तो चर्केर रुन थाल्यो , उसलाई सकेनन् कालीको मूर्तिमा ढोगाउन । घर लगियो । लगेपछि उसले खाना खान मानेन ,बोल्न छोडेर एकोहोरो टोलाइरहने ,राती निन्द्रामा पनि तर्सेको तर्सै गर्न थाल्यो , मेरो मनेलाई किन अइया पारेको भन्दै निन्द्रामा बर्बराउथ्यो ऊ । सुगमको जीउ सुकेर सिन्काजस्तो भयो । बाआमा धेरै चिन्तित बन्नुभयो । उसलाई नाम चलेका धामीझाँक्रीकहाँ लानुभयो केही चलेन । विराम जस्ताको तस्तै । कसैले सल्लाह दिए अस्पताल लाने ,त्यसपछि उसलाई अस्पताल लगियो । अस्पतालमा निकै जाँचपडताल गर्दा पनि केही रोग पत्ता नलागेपछि उसलाई साइकोलोजिष्टकोमा पठाइयो । साइकोलोजिष्ट डाक्टरले समय लाएर उनलाई जाँचे । बाआमालाई सम्झाउँदै भने डाक्टरले सुगमलाई उसको प्रिय बस्तु या सामान गुमाउँनुपर्दा दिमागमा चोट पुगेकोछ । उसलाई मनपर्ने कुरा मन पर्ने खेलौना जस्ता कुरा दिएर मायालु वातावरण दियो भने ऊ निको हुन सक्छ तर निकै समय लाग्ने सुझाए । बाबाले सुगमलाई चुलबुलेजस्तै अर्को मने ल्याइदिनुभयो , नयाँ चुलबुले पाएर सुगम खाना खान खेल्न र बोल्न थालेको थियो । कहिलेकाहीँ राती निन्द्रामा बर्बराउँथ्यो सुगम “ममी,मेरो मनेलाई अइया पार्न नदिनु ।” उनका बाआमाले त्यहीबेलादेखि मन्दिरमा जनावरलाई बली नदिने सङ्कल्प पनि गरे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

1 hour ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

2 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

2 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago