“मेरो साथी पुस्तक”


नन्दलाल आचार्य
सिद्धार्थटोल,उदयपुर

​जून जस्तै उज्यालो छ,अक्षरको सहर
किताब नै बोकी हिँड्छु, बोकी मीठो रहर।

कहिले यसले बादल माथि,सयर गराई दिन्छ
कहिले यसले भँगेरा झैँ,उड्न सिकाइ दिन्छ।।

​कोरेका ती चित्रभित्र,लुकामारी खेल्छु
अक्षरका फूलहरू,एउटा माला झेल्छु।।

नदी जस्तै बग्छ यहाँ,ज्ञानको त्यो धारा
अध्याँरोमा बनिदिन्छ,चम्किलो यो तारा।।

थुचुक्क यो काखमा बस्छ,बोल्दैन यो मुखले
संसारलाई देखाइदिन्छ,कति धेरै सुखले।।

न त झगडा गर्छ यसले,न त कहिल्यै रिसाउँछ
मनभित्रै रमाइलो, बगैँचा यो बिसाउँछ।।

मसीको यो बास्नाले,मनै मेरो तान्छ
मेरो साथी पुस्तक नै,जहाँ जान्छु जान्छ।।

पखेटा हुन् यिनै मेरा,नयाँ संसार भेट्ने
अज्ञानको अँध्यारोलाई,यहीँबाट मेट्ने।।