अनन्त कुमार बस्नेत
(भुजङ्गप्रयात)
म संसारको चित्र हेर्दै विचित्र
छु कोरी बसेको कुनै एक चित्र
बडो यत्नले खर्चिँदै जिन्दगानी
बसी चित्र हेर्दै छु आनन्द मानी ।१।
यही चित्रमा स्वप्न देख्ने म गर्छु
उठी स्वप्नका बात लेख्ने म गर्छु
सजेको छ यो वक्षको कक्षभित्र
घुमेको छ आकर्षिणी अक्षभित्र ।२।
छ इच्छा भरूँ चित्रमा रङ्ग नौलो
बनोस् रङ्ग आफैँ सुनौलो सुनौलो
यही चित्रमा पोतियूँ रङ्ग बन्दै
सबै हेर्न आऊन् अहो चित्र भन्दै ।३।
म देखूँ यही चित्रमा चन्द्र तारा
र नैराश्य मानी झरेका सितारा
कुनै भाग्यशाली कुनै कर्महारा
म देखूँ यहीँ विश्व ब्रह्माण्ड सारा ।४।
बलोस् दिव्य सौन्दर्यले यो धपक्क
तथा ढाकियोस् हैम जस्तै छपक्क
यही चित्र नै प्रीतिको होस् गवाही
गरून् चित्रमा लोकले वाहवाही ।५।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…