Categories: कविता

“एक मुठ्ठी सास”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बालक म बबुराे छु छैन साथ काेही
बिताउनु पर्याे सधैँ एक्लो मन राेई ।

झरेकाे छ शीत सधैँ तुसाराे नि पर्याे
पुसे जाडाे बढ्यो अति लाै न हाेसै हर्याे ।

पानी छुन डर लाग्छ मुख धुन पनि
नुहाउने कुरै छैन भएँ गनाउनी ।

खाली खुट्टा हिड्ने गर्छु छैन जुत्ता माेजा
भाेटाे दाैरा फाटिसके भए धुजा धुजा ।

शिर ढाक्ने टाेपी छैन कहाँ छ र पञ्जा
खुला कान किन राख्थेँ भए गलबन्दा ।

आगाे ताप्ने खुबी छैन हिटर् कहाँ ताप्नु
झुत्राे भयाे मजेत्राे नि ओढ्ने के नै खाप्नु ।

दिन बित्छ जसाेतसाे कष्ट भयाे राति
ननिदाई बिते मेरा चिसा रात कति ।

आकाश छ छानाे मेराे पहाडकाे गाह्राे
खुला घर ब्रह्माण्ड याे बाँच्न पर्याे साह्रो ।

ओढारमै भए बरू न्यानो हुन्थ्यो कि त
यता पेटी सडकमा निकै पर्याे शीत ।

त्रिपालकाे बास कैले हावा हुन्छ गाँस
कैले हाेला जाने कठै एक मुठ्ठी सास ?

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

24 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

24 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago