Categories: बाल कथा

“खेल”

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

अरुणोदय हुन नपाउँदै अनलाइनमा देखेपछि रुद्रले हरिलाई भने” के गर्दै हुनुहुन्छ ?” जवाफ आयो ” खेल्दैछु।” फेरि सोधियो “एकाबिहानै के खेल खेल्दै हुनुहुन्छ ?” प्रतिप्रश्न गरियो ” अनुमान लगाउनुस् त ?” उत्तर दिने प्रयास भयो ” भाउजु सँग बुद्धिचाल हो कि!” संक्षिप्त जवाफ सुनियो ” होइन ।” फेरि प्रश्न भयो ” हरेक खेल खेल्न त कोही न कोही साथी चाहिन्छ । योगाभ्यास र मर्निङ वाक खेल भित्र पर्दैन होला। लाग्यो कम्प्युटरमा वा मोबाइलमा गेम खेल्नु भएको हो कि!” जवाफ दिए” त्यो पनि होइन ।” जिज्ञासा राखियो ” एक्लै पनि खेल्न सकिने खेल हुन सक्छ र!” जानकारी दिए” हुँदोरहेछ ,यसैले त खेलिरहेको छुु ।” सोधियो” त्यो खेल खेल्दा के फाइदा हुँदोरहेछ नि!” उत्तर दिए ” धेरै फाइदा हुँदोरहेछ । जस्तो कि आलस्य भाग्ने,शरीरमा उर्जा थपिने,मनमा शान्ति र मुहारमा कान्ति पनि छाउने। यो भन्दा अरु के चाहियो !” सोधे ” के मैले पनि त्यो खेल खेलेको मान्छे देखेको छु!” जवाफ आयो ” धेरै पटक देखेको छु। तपाईंलाई बुढ्यौलीले छोए जस्तो छ।कति चाँडै बिर्सनु भएको । एक गिलास पानी पिएर सोच्नु त फेरि एकपटक ।” धेरै बेर पछि भने” दुई गिलास पानी पिउँदा पनि भएन। तपाईं आफै भन्नुस् त के खेल एक्लै खेल्दै हुनुहुन्छ ?” हरिले स्पष्ट पारे ” साहित्य सिर्जना । शब्द सँग एक्लै खेल्न सकिँदैन त !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 hour ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago