खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
अरुणोदय हुन नपाउँदै अनलाइनमा देखेपछि रुद्रले हरिलाई भने” के गर्दै हुनुहुन्छ ?” जवाफ आयो ” खेल्दैछु।” फेरि सोधियो “एकाबिहानै के खेल खेल्दै हुनुहुन्छ ?” प्रतिप्रश्न गरियो ” अनुमान लगाउनुस् त ?” उत्तर दिने प्रयास भयो ” भाउजु सँग बुद्धिचाल हो कि!” संक्षिप्त जवाफ सुनियो ” होइन ।” फेरि प्रश्न भयो ” हरेक खेल खेल्न त कोही न कोही साथी चाहिन्छ । योगाभ्यास र मर्निङ वाक खेल भित्र पर्दैन होला। लाग्यो कम्प्युटरमा वा मोबाइलमा गेम खेल्नु भएको हो कि!” जवाफ दिए” त्यो पनि होइन ।” जिज्ञासा राखियो ” एक्लै पनि खेल्न सकिने खेल हुन सक्छ र!” जानकारी दिए” हुँदोरहेछ ,यसैले त खेलिरहेको छुु ।” सोधियो” त्यो खेल खेल्दा के फाइदा हुँदोरहेछ नि!” उत्तर दिए ” धेरै फाइदा हुँदोरहेछ । जस्तो कि आलस्य भाग्ने,शरीरमा उर्जा थपिने,मनमा शान्ति र मुहारमा कान्ति पनि छाउने। यो भन्दा अरु के चाहियो !” सोधे ” के मैले पनि त्यो खेल खेलेको मान्छे देखेको छु!” जवाफ आयो ” धेरै पटक देखेको छु। तपाईंलाई बुढ्यौलीले छोए जस्तो छ।कति चाँडै बिर्सनु भएको । एक गिलास पानी पिएर सोच्नु त फेरि एकपटक ।” धेरै बेर पछि भने” दुई गिलास पानी पिउँदा पनि भएन। तपाईं आफै भन्नुस् त के खेल एक्लै खेल्दै हुनुहुन्छ ?” हरिले स्पष्ट पारे ” साहित्य सिर्जना । शब्द सँग एक्लै खेल्न सकिँदैन त !”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…