“म नेपाली छोरी”


रञ्जुश्री पराजुली

चिन जान दाजै म नेपाली छोरी
आफ्नो कामगर्छु सीप जोरीजोरी
समयमा पुस्तक खोली पाठ पढ्छु
मौका पाए स्वर तानी गीत म गाउँछु।

पढ्न जान पाठशाला रमाईलो लाग्छ
ज्ञानी भइ आज्ञाकारी हुन मन लाग्छ
साथी सङ रमाएर खेल खेल्न थाल्छु
घन्टी सुने पछि म कक्ष्या तिर पस्छु।

कक्षा भित्र हामी शान्त भइ बस्छौँ
गुरुमाको पाठ हामी ध्यान दिइ सुन्छौँ
पढे गुने भविष्य हाम्रो धेरै राम्रो हुन्छ
ज्ञानी मानी भए पछि नाम कमाइन्छ।

नेपालको गौरव ठुलो सगरमाथा हाम्रो
चन्द्र सुर्य बुट्टे झणडा आहा अति राम्रो
लालीगुरासं रंगीचंगी डाँडाकाँडा टम्म
सेता टल्के हिमालले बनेको छ रम्य।

नेपालकी चेली हुँ यही मेरो गौरव
सेवा गर्छु आमाको बढाउन पौरख
आमा मलाई सधैँ ज्ञान बुद्धि देउ
असलहुने कर्म जोडी सत बुद्धि देउ।