निमा छिरिङ भोटिया
जलढाका कालेबुङ
भारत
“हाम्रो बाबुले किन हामी छोरीहरूलाई पढाउन नमानेको आमा” भन्दै दस बर्षकी सानी छोरी मिनाले आमालाई प्रश्न राख्छे।
सानी छोरी मिनाको कुरा सुनेर अचम्म मान्दै आमा भन्छिन् ____”छोरीहरू भनेको अरूको घरमा जाने जात भनेर होला नि!”
“तर म त पढ्नु चाहन्छु। मलाई त पढाउनु पर्छ भन्नु नि आमा। मलाई पनि पढेर छोराहरू जस्तै ठूलो मान्छे हुने रहर छ। माथिल्लो गाँउको सितम दाजु कति धेरै पढेर ठुलो अफिसर बन्नु भएको छ भन्दै हाम्री ठुली आमाले अस्ती माथि भन्दै गरेको मैले सुनेको छु।” भन्दै उसले आमालाई भनिन्।
“छोराहरूलाई पढाउँछन नि। घर परिवार पाल्नु पर्छ भनेर।” भन्दै आमाले भनिन्।
“ए छोरीहरूले चैँ घर परिवार पाल्दैनन् ___?” भन्दै प्रश्न गरिन्।
“यसो होइन नि!” भन्दै फेरि आमा बोलिन्।
बीचैमा कुरा काट्दै मिनाले भनिन् ___”तब कसो ___?”
दस बर्षकी छोरीको यस्तो प्रकारको सोधाइले उनी सोचमा परिन्। उसलाई हेर्दै मन मनै सोचिन ___”यो जमानाका छोरीहरूसँग नसकिने रहेछ।”
“ल ल बाबुलाई भनेर तिमीलाई चैँ पक्कै पढाउने छु। दिदीहरूलाई नपढाए पनि तिमी चैँ पढ्न पाउने छौ।” भन्दै आमा भनिन्।
आफू पढ्न पाउँने कुरा सुनेर उ खुशी हुँदै कुदेर अरू साथीहरूलाई सुनाउन थालिन्।
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…