Categories: कविता

“जाडो पनि कति हो”


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”

केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ
नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ

सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्”
जाडो पनि कति हो, उस्, उस्, उस् !

“कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन
आँत कामेर थरर्र बोल्न पनि भा’छैन”

माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

10 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

11 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago