राधा आचार्य
बुटवल ,रुपन्देही
“हेर हेर झुम्मिएका यी केटाकेटीहरु!”
काकी बडबडाउँदै आएर मेरो छेवैमा बस्नुभयो।
सुनकेशरीको कथा दिदी भाइ मिली गाईवस्तु पालेर बस्न थालेसम्म पुगेको थियो। हजुरआमाले यो कुरा दोहोर्याएपछि काकीले पनि सुन्नुभयो। यत्तिकैमा बारीमा बाँदर आएको चाल पाएर हामी सबै जर्याकजुरुक उठ्यौँ अनि बाँदर लघार्नतिर लाग्यौँ।
हजुरआमाले शनिबारको मौका पारी दिउँसै कथा सुनाउन थाल्नुभएको थियो। परन्तु पूरा हुन पाएन। अरु दिन त विद्यालयले दिएको गृहकार्य नै भ्याइनभ्याई हुन्छ। हजुरआमासँग बस्ने फुर्सद पाए पो !
साँझ बहिनीले मेरा किताब लुकाइदिएर दिनु दु: ख दिइन्। दिने भए देऊ नत्र भोलि स्कुल गएर सरसँग भनिदिन्छु भन्दै थिएँ काकी फेरि ए! हामीलाई नगनेको ! आजभोलिका केटाकेटी भन्दै के के बक्नुभयो बक्नुभयो। हामी केटाकेटी अलिअलि खेलठट्टा त गरिहाल्छौँ नि भन्ने कुरा काकीले अझै बुझ्नुभएन। हाम्रो कुरालाई सधैँ पहाड बनाउनुहुन्छ।
एउटा कुरा भने मलाई पक्कै थाहा छ,”जसले हाम्रो धेरै चियोचर्चो गर्छ उसले धेरै माया पनि गर्छ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…