Categories: बाल कथा

धेरै माया

राधा आचार्य
बुटवल ,रुपन्देही

“हेर हेर झुम्मिएका यी केटाकेटीहरु!”
काकी बडबडाउँदै आएर मेरो छेवैमा बस्नुभयो।
सुनकेशरीको कथा दिदी भाइ मिली गाईवस्तु पालेर बस्न थालेसम्म पुगेको थियो। हजुरआमाले यो कुरा दोहोर्याएपछि काकीले पनि सुन्नुभयो। यत्तिकैमा बारीमा बाँदर आएको चाल पाएर हामी सबै जर्याकजुरुक उठ्यौँ अनि बाँदर लघार्नतिर लाग्यौँ।
हजुरआमाले शनिबारको मौका पारी दिउँसै कथा सुनाउन थाल्नुभएको थियो। परन्तु पूरा हुन पाएन। अरु दिन त विद्यालयले दिएको गृहकार्य नै भ्याइनभ्याई हुन्छ। हजुरआमासँग बस्ने फुर्सद पाए पो !
साँझ बहिनीले मेरा किताब लुकाइदिएर दिनु दु: ख दिइन्। दिने भए देऊ नत्र भोलि स्कुल गएर सरसँग भनिदिन्छु भन्दै थिएँ काकी फेरि ए! हामीलाई नगनेको ! आजभोलिका केटाकेटी भन्दै के के बक्नुभयो बक्नुभयो। हामी केटाकेटी अलिअलि खेलठट्टा त गरिहाल्छौँ नि भन्ने कुरा काकीले अझै बुझ्नुभएन। हाम्रो कुरालाई सधैँ पहाड बनाउनुहुन्छ।
एउटा कुरा भने मलाई पक्कै थाहा छ,”जसले हाम्रो धेरै चियोचर्चो गर्छ उसले धेरै माया पनि गर्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

11 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago