रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
पढ्छु, लेख्छु भन्ने कुरा मनभित्र नै रह्यो
यो असारको मैना त्यसै नपढेरै गयो
खन्नुपर्छ, जोत्नुपर्छ मौका छोप्नुपर्छ
नत्र फेरि ढिलो हुन्छ ऐल्यै रोप्नुपर्छ
बाबाआमा खेतमा जाने सधैँ यसो भन्दै
कहिले रोपाइँ सकिने हो बस्छु औँला गन्दै
घरमै बसी भाइबैनी हेर्नुपर्ने भयो
यो असारको मैना पाठ नपढेरै गयो
सरहरूले गृहकार्य दिनुभा’छ टन्न
धेरै पढ्नुपर्छ अझ म सिपालु बन्न
खेतमा गई असारको हिलो टेक्ने कैले
घरमै बसी कापीभरि पाठ लेख्ने कैले
पाठ नलेखेर पिट्ने सरलाई यौटा बिन्ती छ यो
यो असारको मैना पढ्न नपाएरै गयो ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…