दुर्गा पौड्याल
असार गयो साउन लाग्यो साउने सङ्क्रान्ति
चाडै पिच्छे खानेकुरा हुन्छन् बग्रेल्ती ।
साउन महिना हरियाली सबैतिर राम्रो
धुलो मैलो पखालेर बगाई लान्छ हाम्रो ।
जान्नुपर्छ हाम्ले पनि हाम्रा चाडपर्व
आफनो चाड पर्वप्रति गर्नु सब्ले गर्व ।
असार पन्ध्र दही च्युरा साउनमा खीर
आमा पकाई ख्वाउनुहुन्छ छैन कुनै पीर ।
खेतबारीमा काम गर्दा टोक्छन् साना किराले
कन्याउँदिन खुट्टा मैले घाउहुने पीरले ।
लुतो आउँछ हातखुट्टामा खेतमा काम गर्दा
सफासंग धुनुपर्छ भित्र बस्न आउँदा ।
लुतो आउन्न भनेर लुते कटेरी बनाउँछौ
धान मकै गेडागुडी त्यसमाथि चढाउँछौ ।
गाउँ घरमा छँदा भने यस्तै थियो चलन
अगेनामा दाउरा जोरी आगो लाग्थ्यो बल्न ।
मेरो लुतो लैजा भन्दै बोलाउँथ्यौ नाम
अनि गर्थ्यौ बलिरहेको अगुल्टो फाल्ने काम ।
तिउरी मेहन्दी पिसेर हातखुट्टामा लाउँथ्यौ
कर्कलाको पातले हातमा लुडी बनाउँथ्यौ ।
नाम बोलाई अगुल्टो फाली लुतोलैजा भन्थ्यौ
बिहान उठी सबैले आफ्ना हात देखाउँथ्यौ ।
शरीरको लुतो भने ओखतीले भगाउने
देशमा लागेको लुतो भने कसरी हो भगाउने ?
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…