Categories: शिक्षा

बालबालिकामा कसरी पठन संस्कृतिको विकास गर्न सकिन्छ?

काशि पाण्डे

१.घर सानो होस् वा ठूलो घरमा एउटा पुस्तक कर्नर बनाऔँ। सके हरेक महिना नसके वर्षको कमसेकम छओटा पुस्तक किनौँ र सङ्ग्रह गरौँ।
२. पढ्ने काम विद्यार्थीको मात्र हो भन्ने भ्रम सबैले त्यागौँ। यो हाम्रो ठूलो अज्ञानता हो । अभिभावक एवम् परिवारका सदस्यले कमसेकम एक घण्टा नियमित कुनै आफ्नो पेसा व्यवसाय र रुचिसम्बनधी उपयोगी पुस्तक पढ्ने गरौँ।(जस्तै:-साहित्यमा रुचि राख्नेले साहित्यिक पुस्तक,गृहिणीले पाककला सम्बन्धि पुस्तक, कृषकले कृषिसम्बन्धी पुस्तक, व्यापारीले व्यापारसम्बन्धी पुस्तक, पत्रपत्रिका आदि)

 

३.विशेष उत्सव तथा चाड पर्वमा अन्य उपहारभन्दा उपयोगी पुस्तक दिने र खुसीसाथ ग्रहण गर्ने बानीको विकास गरौँ ।
४. जबसम्म शिक्षा र चेतनाको विकास हुँदैन तबसम्म कुनै पनि क्षेत्रको विकास दिगो हुन सक्दैन तसर्थ विकासको नाममा चिल्लो बाटो, अग्ला भ्युटावर,अनुत्पादक सभाहल बनाउनभन्दा प्रत्येक वडामा अत्याधुनिक पुस्तकालय निर्माण गरौँ र सकेसम्म दिनहुँ र नसके कमसेकम हप्ताको एक पटक पुस्तकालयमा सपरिवार गई अध्ययन गर्ने बानी बसालौँ।
५. बालबालिकालाई पुरस्कारको रुपमा सिल्ड, मेडल र अन्य क्षणिक सामग्रीको साटो सानो र कम मूल्यको भए पनि उपयोगी पुस्तक दिई अध्ययन गर्न उत्प्रेरित गरौँ।
६. विद्यालय तह (१-५) कक्षामा कमसेकम हप्ताको दुई दिन विद्यार्थीलाई पठन अभ्यासमा संलग्न गराऔँ। विद्यालयमा भएका बुक कर्नरको नियमित उपयोग गरौँ।
७. आजभोलि हरेक विद्यालयमा पुस्तकालय छन् तर तिनको प्रयोग अधिकांश विद्यालयमा प्राय:शून्य नै छ। प्रत्येक विद्यालयमा अध्यनरत ६-१२ विद्यार्थीलाई पुस्तक र पुस्तकालयको महत्त्व बुझाई वार्षिक रुपमा कमसेकम ४० घण्टा पुस्तकालयमा बिताउनुपर्ने र स्तरअनुसारका न्युनतम ५-१० ओटा पुस्तक पढ्नु पर्ने नियम बनाई त्यसको अभिलेख राखी आन्तरिक मूल्याङ्कनमा समावेश गरौँ र यस कार्यमा शिक्षक पनि सहभागी बनौँ।
८.कक्षाकोठमा नियमित विविध पठन अभ्यास गराऔँ र विद्यार्थीलाई गृहकार्य दिँदा लिखित मात्र होइन पठनसम्बन्धी गृहकार्य पनि नियमित दिने गरौँ र यसको नियमित परीक्षण तथा मूल्याङ्कन पनि गरौँ।
९. बेलाबेलामा विद्यालयमा तथा घरपरिवारकै सदस्यहरूबिच पनि पठन प्रतियोिगता आयोजना गरौँ।
१०.आजभोलि सबै कुरा इन्टरनेटमा छन्। इन्टरनेटको जमानामा के पुस्तक किनेर पढ्नु, पुस्तकालयमा किन बनाउनु, पुस्तकालयमा गएर किन पढ्नु भन्ने सोचाइ त्यागौँ। इन्टरनेटमा निशुल्क पाइने कुरा सतही ज्ञानका मात्र हुन् । बहुमूल्य ज्ञानका सामग्री तथा पुस्तकहरू इन्टरनेटमा नकिनी पाइँदैनन्। अमेरिकामा इन्टरनेटको अभ्युदय सन् १९५० को दशकबाट भएको मानिन्छ । तर पनि त्यहाँ विराट पुस्तकालय स्थापित छन् र स्थापित भइरहेका छन्। यस्ता पुस्तकालय युरोप र अमेरिकामा धेरै छन्। जहाँ प्रवेश शुल्क पनि महँगो छ अनि मान्छेहरूको सधैँ भिडभाड नै रहन्छ र त्यहाँका मान्छेले पुस्तक किन्न पारिवारिक बजेट नै छुट्याउँछन्।
११. पुस्तकरू सच्चा गुरु र वास्तविक मित्र हुन् भन्ने कुरा सबैले मनन गरौँ र हामी सबैले यी कुरालाई व्यवहारमा जोड्दै पुस्तक, ज्ञान र पुस्तकालयमा लगानी गरौँ। हाम्रो देखासिकी र प्रभावले हाम्रा बालबालिकामा स्वत:पठन संस्कृतिको विकास हुन्छ कि?

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

10 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

11 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

11 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago