टीका सिवाकोटी आचार्य

“के गरेको तिमीले ?”
फूलले क्रोधका फणा उठाउँदै उसको हात झड्कारेर पर ठेलिन्। उनका आँखा, निधार र मुहारको रङले रिस स्पष्ट बोलिरहेका थिए। सायद उसले फूललाई यति रिसाएको कहिल्यै देखेको थिएन।
“यसरी नरिसाऊ न। जुन दिनदेखि तिमीलाई देखेँ, त्यही दिनदेखि तिमी मलाई असाध्यै मन पर्यौ ।” उसले फूलका आँखामा आँखा जुधाउँदै फेरि भन्यो- “कसम, फूल ! म तिमीलाई असाध्यै माया गर्छु।”फूल फनक्क अर्कोतिर फर्किइन्।
“मेरो जल्दोबल्दो यौवन देखेर मलाई भोग गर्न आएका हौ, त्यो मलाई राम्ररी थाहा छ। तिमी जस्ता परस्त्रीगामीले ‘प्रेम गर्छु’ भन्नु केवल ढोंग हो। अचम्म लाग्छ, तिमी भमराहरू फूलैपिच्छे माया देखाउँछौ!”
“सबै एकैनासका हुँदैनन्। म त तिमीलाई अजम्बरी माया गर्छु, फूल !” भमराले मुस्कुराउँदै भन्यो। फूल गम्भीर भइन्।
“प्रेम र यौवन बेग्लै कुरा हुन्। अर्थविहीन तर्क नगर। यहाँबाट जाऊ।”
भमरा केही बेर मौन रह्यो। त्यसपछि बिस्तारै सोध्यो- “तिम्रो मायामा म निथ्रुक्क भिज्न चाहन्छु। आखिर फूलको इच्छा समर्पित हुनु होइन र ?”
फूलले पुलुक्क उसको अनुहारमा हेरिन्।“ हो, फूलको इच्छा समर्पित हुनु नै हो,” उनले शान्त स्वरमा पूर्ण भनिन्, “तर यौवनमा होइन, प्रेममा।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

11 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

11 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

11 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago