अनन्तकुमार बस्नेत
बाबा हुन् वटवृक्ष पिपल शमी छायाँ दिने बेसरी
आमा जीवनदायिनी भगवती हुन् जिन्दगीकी जरी
पैयाँ हुन् रथका गृहस्थ ढपका संसारका सार हुन्
हाम्रा पूज्य बुबामुमा हृदयका सर्वोच्च आधार हुन्॥
चाहे सुन्दर चन्द्रको भ्रमणमा जाऊन् कुनै सन्तति
यद्वा मङ्गल शुक्रको जमिनमा बस्ती बसाऊन् जति
बुझ्नू पूर्वज यी अपूर्व जगका सञ्चेतना तार हुन्
हाम्रा पूज्य बुबामुमा हृदयका सर्वोच्च आधार हुन्॥
पन्छीझैँ ऋतुराजको गगनमा चाहे उडून् जोडले
मारी वेग झरून् उँधो जलधि या पाताल बेतोडले
बिर्सिन्छन् अब यो धरातल भने सन्तान यी झार हुन्
हाम्रा पूज्य बुबामुमा हृदयका सर्वोच्च आधार हुन्॥
छर्छन् रश्मि सदा दिवाकर बनी बाबा यहाँ घाम हुन्
दिन्छिन् शीतलता प्रभाकर बनी आमा धराधाम हुन्
हुन्नन् साथ भने जुनै समयमा सन्तान बेकार हुन्
हाम्रा पूज्य बुबामुमा हृदयका सर्वोच्च आधार हुन्॥
बाबा आड भरोसा हुन् नयन हुन् सन्तानका पालक
आमा तीर्थ प्रभास हुन् भुवनकी हुन् सृष्टि सञ्चालक
आज्ञा पालक वंशमा यदि भए साँच्चै अलङ्कार हुन्
हाम्रा पूज्य बुबामुमा हृदयका सर्वोच्च आधार हुन्॥
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…