Categories: बाल कथा

“रक्तदान”

राजु क्षत्री अपुरो

जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए। बेला बेलामा मिटिङ्ग गर्दथे र आ आफ्ना समस्याका समाधान गर्दथे।
यसै क्रममा शिकार गर्न गएको जङ्गलको राजा सिंह एकाएक बेहोस भयो। उसलाई नजिक रहेको अस्पतालमा लगियो। डाक्टरले राजाको शरीरमा रगतको कमी भएको बताउँदै तत्काल रगत उपलब्ध गराउन भने । सिंहको रगत कसैसँग पनि मेल खाएन। सबै जनावरहरू निराश भए ।
उसैबेला केही राता राता शरीर लिएका जुकाहरू लडिबुडी खेल्दै आए। सिंहका सहयोगीहरूले यथार्थ बताएपछि उनीहरू सबैले आ -आफ्नो शरीरबाट रगत निकालेर दिन तयार भए। जाँच गर्दा सबैको रगतको समूह मिल्न गयो। रगत पाएर सिंह बाँच्यो। सबै खुशीले गदगद् भए । सिंहले तत्कालै कार्यक्रम गरेर सम्मान र पुरस्कार दियो।
जुकाहरूलाई दोहोरो फाइदा मिलेको थियो । तर सिंहलाई त्यो रगत आफ्नै थियो भन्ने हेक्का नै थिएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

7 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

7 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

7 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

8 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago