Categories: कविता

“समुन्नत गैँडाकोट”

रामजी आचार्य `देउराली´
गैँडाकोट -२ शिलान्यास

हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
तपोभूमि छन, देवभूमि छन पवित्र छ गैँडाकोट
सृन्दर,शान्त,समृद्ध छ यसमा छैन कुनै खोट।
उत्तरमा देवघाट यसको शिरमा छन मौलाकाली
दक्षिणीमा नारायणी बगेकीछन कालो मैलो पखाली ।

हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
देशको मध्य भागमा रहेको मेरो सुन्दर यो जगत
द्वार हो पूर्व पश्चिम उत्तरको महेन्द्र राजपथ।
प्रकृतिको यो सुन्दर रचना ईशको उपहार
खोलिमार्ग पर्यटक ल्याउँला यहाँको जल विहार ।
हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
लागौँ आजै एकभइ हामी ढुङ्गा रसाउँछ जहाँ
कृषि,चौपाया,उद्योग सबले बाटो समाउँछ यहाँ ।
शिक्षा,स्वास्थ्य,रोजगारीको छ सपना अँखा भरी
खुल्दैछिन् जननी बादल फारेर गगन खुले झैँ गरी।
हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
कलकल आवाजमा नारायणी भन्छिन उठ अब जाग
सुन्दर ,शान्त गैँडाकोट नमुना बनाउन तिर लाग ।
हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
मठ मन्दिर ,गुम्बा चर्च र मस्जित पनि छन यहाँ
अनेक जात,भाषा,संस्कृति खोज्दा भेटिन्छ जहाँ ।
जल,जमिन जङ्गल , सबको खोजे देखिन्छ खानी
अर्थ अभाव होला र कसरी सहकारीको राजधानी ।
हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
कैलास आश्रम ,नृसिह दिव्यधाम गरौँ है रखबार
भयो सपना पुरा यहाँको चढ्नलाई केबलकार।
जलमार्ग अनि हरित मार्गको गर्नु पर्ने छ मनन
बाँकी छ पदमार्ग ,मुकुन्द सेन दरवारको उत्खनन ।
हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।
गुम्छ मणि,वीना ,श्रीखण्डा पनि त दिन नसके चासो
हात्ती, गैँडा, मयूर मृग चितुवा गर्दै छ रे गुनासो
खाँचो र साँचो केछ गमेर मनमा बनाउँ योजना बरू
नमुना बनेर चिनाउन जनले दिन्छन सहयोग अरू।
हुन्छ अब हामी सबले लिए सङ्कल्प र अठोट
बन्छ स्वच्छ ,सुन्दर अनि समुन्नत गैँडाकोट।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

21 minutes ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

48 minutes ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago