Categories: कविता

“रङको पर्व तिहार”


अनन्त कुमार बस्नेत

वर्षा शनै: पर भयो अब यो धरामा
देखिन्छ सुन्दर छटा वन कन्दरामा
चारै दिशा महक रौनक भव्य छायो
सङ्घारमा सुभग चाड तिहार आयो।

उद्यानमा मखमली ढकमक्क फुल्छन्
भृङ्गादि झन् मगन मस्त भएर डुल्छन्
मायाँ असाध्य जगमा नगले लगायो
सद्भावसाथ घरभित्र तिहार आयो।

मैदान फाँटतिर धान झुलेर बाला
देखिन्छ आज धरणी बहुतै निराला
उत्साह यो सुमनभित्र नयाँ जगायो
चेलीसँगै मृदुल पर्व तिहार आयो।

घुम्टो बिहान सब पर्वतले उघारे
दृश्यावली विपिन काननले निहारे
नौलो शरद् विनत भाव लिएर आयो
यो फूलको सुरभि पर्व तिहार आयो।

आकाशका सकल तारक जग्मगाए
हेरी अलौकिक कला दुनियाँ रमाए
यो देहको कलुष मैल सबै पखाल्यो
हाँसी मुसुक्क अब पर्व तिहार आयो।

सन्दृश्य छन् अति सुरम्य अकल्पनीय
आनन्दको पल छ दिव्य अवर्णनीय
यो जिन्दगी झलल दीपक झल्मलायो
भ्रातृत्वको रङ लिएर तिहार आयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

4 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

4 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

5 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago