लक्ष्मी रिजाल
“आज तिहारको रात कुन घरमा छिरेकी छ्यौ, लक्ष्मी ?” अनायासै बाटो छेउको पुरानो पिपलमुनि बसिरहेका साधुले प्रश्न गरे।
अगाडि चम्किरहेको विशाल महलभित्र उभिएकी म सुन्दरी लक्ष्मी चुकचुकाएँ- “जहाँ धनको रश्मि बलेको छ, त्यही मेरा चरण पर्छन्।”
साधु हाँसे- “धन कहाँ छ, छोरी, खल्तीमा कि मनमा ?”
निरुत्तर रहेँ म।
गाउँतिर हेर्दै साधु उभिए । मौसमी चिसो हावाले दियोका मैनबत्ती थरथराइरहेका थिए । उता महलमा पटाका पड्किँदै थिए । गाउँको कुनामा एउटी आमाले चिउरा-अचार दुई भोकाएका छोराछोरीसँग बाँड्दै आँगन उज्यालो पारिरहेकी थिइन् । त्यहाँ कुनै फूलमाला थिएन, न त सुनको थाली । तर दीपको उज्यालो, हातको माया र अनुहारको सन्तोष आँगनभरि छरिएको थियो।
साधुले मतिर हेरेर भने- “अनि बताऊ, लक्ष्मी, तिमीले कहाँ छिर्नुपर्ने हो?”
मेरा आँखामा आँसु टल्कियो। पहिलोपटक गम्भीर भएर मैले उत्तरमा भनेँ- “जहाँ मानवीयता बास गर्छ, म त्यही रहन्छु… !”
साधुले छक्क परेर भने; “बत्ती बालेर होइन, मन उज्यालो पारेर बोलाउनेको मुटुमा बस्न तिमी राजी हुनुपर्छ।”
खोलाघरे साहिलो देवीसमान आमा हुन् जन्मदायिनी हुन् माया दिई असाध्यै हुर्काउने उनी हुन् के त्याज्य…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई…
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…