Categories: बाल कथा

लक्ष्मी


लक्ष्मी रिजाल

“आज तिहारको रात कुन घरमा छिरेकी छ्यौ, लक्ष्मी ?” अनायासै बाटो छेउको पुरानो पिपलमुनि बसिरहेका साधुले प्रश्न गरे।
अगाडि चम्किरहेको विशाल महलभित्र उभिएकी म सुन्दरी लक्ष्मी चुकचुकाएँ- “जहाँ धनको रश्मि बलेको छ, त्यही मेरा चरण पर्छन्।”
साधु हाँसे- “धन कहाँ छ, छोरी, खल्तीमा कि मनमा ?”
निरुत्तर रहेँ म।
गाउँतिर हेर्दै साधु उभिए । मौसमी चिसो हावाले दियोका मैनबत्ती थरथराइरहेका थिए । उता महलमा पटाका पड्किँदै थिए । गाउँको कुनामा एउटी आमाले चिउरा-अचार दुई भोकाएका छोराछोरीसँग बाँड्दै आँगन उज्यालो पारिरहेकी थिइन् । त्यहाँ कुनै फूलमाला थिएन, न त सुनको थाली । तर दीपको उज्यालो, हातको माया र अनुहारको सन्तोष आँगनभरि छरिएको थियो।
साधुले मतिर हेरेर भने- “अनि बताऊ, लक्ष्मी, तिमीले कहाँ छिर्नुपर्ने हो?”
मेरा आँखामा आँसु टल्कियो। पहिलोपटक गम्भीर भएर मैले उत्तरमा भनेँ- “जहाँ मानवीयता बास गर्छ, म त्यही रहन्छु… !”
साधुले छक्क परेर भने; “बत्ती बालेर होइन, मन उज्यालो पारेर बोलाउनेको मुटुमा बस्न तिमी राजी हुनुपर्छ।”

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

3 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

4 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

4 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago